कर्णाली प्रदेशले जिल्ला आयुर्वेद र स्वाथ्य संचालन समिति अध्यक्ष चयन

हुम्ला– सामाजिक विकास मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेश सरकारले १० वटा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका अध्यक्ष श्यामलाल कंडेल,सदस्यमा हरी माया शर्मा (आशा), जिल्ला अस्पताल सल्यानका अध्यक्ष दामोदर गौतम,मुगुमा पारसमणी मल्ल,डोल्पा तेजेन्द्र बहादुर रोकाया, र हुम्ला जिल्ला अस्पतालका अध्यक्ष छेपाल दोर्जी लामा (तामाङ) मनोनित भएका हुन ।

कालिकोटमा सरोज बोगटी,दैलेखमा लोभन शर्मा,जाजरकोटमा धर्मशिला बस्नेत,रुकुममा सुन्दर वली,जिल्ला अस्पताल मेहल कुना सुर्खेत मानबहादुर खत्री,सुर्खेत आयुर्वेद अस्पताल सुर्खेतमा ओम बहादुर बोहरा, जुम्ला आयुर्वेद अस्पताल जुम्लामा मनोज बुढाथोकी मगर लाई अध्यक्ष पदमा मनोनयन गरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि दल रावले जानकारी दिएका छन ।

जिल्ला अस्पताल हुम्लाका लागि अध्यक्ष पदमा छेपाल दोर्जी लामा (तामाङ) भएको मन्त्रि रावलले बताए ।
तामाङ जिल्ला रेडक्रस शाँखाका मन्त्रि र अष्ट्रिया साझेदरी संस्थाका पनि निर्देशक रहेका छन । तामाङ लामो समयदेखि जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य क्षेत्रमा बालबालिका सम्बन्धि समाजसेवाको काम गदै आएका छन ।