हुम्ला इन्सेककर्मी सिंह पुरस्कारकृत

हुम्ला- अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव एवम इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहलाई  उत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कारकृत गरेकाे छ ।

वीरेन्द्रनगर सुर्खेतमा आयाेजित  एक कार्यक्रमकाे बिचमा   अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सकेका अध्यक्ष कुन्दन अर्याल र कर्णाली प्रदेशका मुख्य  गाेपिकृष्ण खनालबाट  संयुक्त रूपमा सम्मान गरेका हुन ।

मानव अधिकार क्षेत्रमा उत्कृष्ट काम गरेकाे भन्दै सिहंलाई कर्णाली प्रदेशकै १० जिल्लाबाट उत्कृष्ट प्रतिनिधिका रूपमा  पुरस्कारकृत गरेकाे अनाैपचिक क्षेत्र सेवा केन्द्र इन्सके कर्णाली प्रदेशका संयाेजक नारायण सुवेदीले जानकारी दिए ।

अध्य‍क्ष  कुन्दन अर्याल  र कर्णालीका मुख्य सचिव गाेपीकृष्ण खनालबाट संयुक्त रूपमा सम्मान गरेकाे संयाेजक सुवेदीले बताए।

सात हजार नगद सहित सम्मान पत्र प्रदान गरिएकाे संयाेजक सुवेदीकाे भनाई छ । सिहं नेपाल पत्रकार महासंघका हुम्ला शाखा सचिव एवम इन्सेक हुम्ला जिल्लाबाट लामाे समयदेखि काम गर्दै आएका छन ।