हुम्लाका ताजाकोट गाउँपालिकाको माओवादी केन्द्रका इन्चार्ज रहेका गोपाल बुढा(इन्द्र) २०५३ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएका हुन् । २०५६ सालमा माओवादी केन्द्रको पार्टी सदस्य प्राप्त गरि २०५७ सालमा पूर्णकालिन राजनीतिमा लागेका हुन् । जिल्ला स्क्वाटमा संगठित भई २०५७ सालमा जनमुक्ति सेनामा आवद्ध भएका थिए ।
बुढा म्याग्दी सदरमुकाम बेनीमा, बाँके कुसुम चौकी, रुकुम दोस्रो खारा, नवलपरासीको सुनवलको मोर्चाबन्दीमा आक्रमणमा घाइते भई भारतमा उपचार गराएका हुन् ।
जनमुक्ति सेनाको छैटौं डिभिजन कार्यलयमा काम गर्दै पुर्वी नवलपरासीको झ्यालटुगडाँडामा डिभिजन कार्यलय काम गरेका बुढा बटालियन सह–कमान्डर रहेका थिए ।
सेना समायोजनपछि हुम्ला जिल्ला कमिटी सदस्य भएर २०६८ सालमा हुम्ला जिल्ला कमिटी सचिवालय सदस्य, २०७३ सालमा ताजाकोट गाउँपालिका संंयोेजक २०७३ सालमा एमाले र माओवादी केन्द्रबीच एकता भएपति पार्टीको गाउँ कमिटी अध्यक्ष भएका थिए ।
हाल बुढा एमाले र माओवादी केन्द्रमा विभाजन भएपछि पार्टी ताजाकोट गाउँ कमिटीको ईन्चार्ज २०७८ प्रदेश प्रतिनिधि रहेका थिए ।
"
कर्णाली रैवार संवाददाता । २९ मंसिर २०७८, बुधबार १३:०२