लाखौ रकम खचेर जनप्रतिनीधी भ्रमण सेवागाही मर्कोमा

फोटो सिमकोट गाउँपाििलकाको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीको फेसबुकबाट झिकिएको हो

हम्ला– स्थानीय तहका जनप्रतिनिधि ‘संघीयता अवलोकन अध्ययन भ्रमण’का नाममा लाखौँ रुपैयाँ खर्चेर घुमघाममा निस्कन थालेका छन । केही स्थानीय तहका जनप्रतिनिधिले घुमघाम गरिसकेका छन भने केही भर्खरै निस्केका छन । सिमकोट गाउँपालिकाको टोली ‘संघीयता अवलोकन अध्ययन भ्रमण’ नाम दिएर बुधबार भ्रमणका लागि निस्केको छ । गाउँपालिका अध्यक्ष पदम लामाको नेतृत्वमा २० सदस्यीय टोली भ्रमणमा गएको हो । यो भ्रमण टोलीमा जनप्रतिनिधि र कर्मचारी सहभागी छन् । गाउँपालिका स्रोतका अनुसार, यो भ्रमणका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ ।
गाउँ कार्यपालिकाको निर्णयका आधारमा भ्रमणमा गएको प्रमुख प्रशासकीय अधिृकत अर्जुन दर्जीले बताउनुभउयो  । ‘त्यत्तिकै घुम्न निस्केका होइनन । कार्यपालिकाको निर्णयले नमुना नगरपालिका र गाउँपालिकाको भ्रमणमा जान लागेका हौँ,’ प्रमुख प्रशासकीय अधिकृत दर्जीको भनाई रहेको छ  ।
सिमकोटको ‘संघीयता अवलोकन अध्ययन भ्रमण’ टोली बिहीबार चितवनको रत्नगर पुगेको छ । त्यसपछि धरानको भेडेटार घुम्ने कार्यक्रम तय गरिएको छ । भ्रमण टोलीमा सहभागी एक सदस्यका अनुसार धरानपछि झापाको मेची नगरपालिका हुँदै इलाम पुग्नेछ । इलामको कुन स्थानीय तहमा पुग्ने भन्ने तय भएको छैन । इलामपछि लमजुङको घलेगाउँ होमस्टे पुग्ने कार्यक्रम रहेको छ ।
गाउँपालिका अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत दर्जीसहित २० जनाको टोली भ्रमणमा गएपछि गाउँपालिकाको कामकाज ठप्प भएको छ । बुधबारदेखि नै गाउँपालिकाको कामकाज प्रभावित भएको एक कर्मचारीले बताए । ‘सबै भ्रमणमा गएपछि कसरी काम हुन्छ ?’ उनले भने । भ्रमण टोलीमा सबै वडाका अध्यक्षहरू सहभागी छन । त्यस्तै, गाउँपालिका आठै वडा हेर्ने वडासचिव धर्मराज रोकाया,पनि भ्रमण गएपछि दैनिक रुपमा हुने मृत्यु दर्ता,जन्मदर्ता, विवाह दर्ताको काम समेत रोकिएको छ ।

योजना फाँटका अजिर रोकाया, लेखापाल प्रयोगलाला जैसी, स्टोरपिकर ममता महत, कार्यालय सहयोगी कृष्णा रोकाया र धनराशी रोकाया भ्रमणमा निस्केका हुन ।
सिमकोट गाउँपालिका आर्थिक र विकास सम्झौताका सम्पुर्ण कामहरु रोकिएका छन । गाउँपालिकाले एक जना निमिक्त कार्यालय प्रमुखका रुपमा कर्मचारी जंग रोकायालाई राखेको छ । आर्थिक तथा विकासका गतिवीधीका कुनै पनि जिम्मा आफुलाई नदिएको निमित्त कार्यालय प्रमुख जंग रोकायाले बताए ।

नाम्खा गाउँपालिकाको टोली पनि १४ लाख विनियोजन गरेर ‘कृषि अवलोकन भ्रमण’मा निस्केको छ । नाम्खाको टोली सोलुखम्बु र इलाम हिँडेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम नेपालीले बताउनुभयो । ‘कृषि अवलोकन गर्न जनप्रतिनिधिको टोली गएको हो,’ उनले भने । १० पुसमा नाम्खाको टोली भ्रमणमा गएको हो । टोलीमा १६ जना सहभागी छन । उनीहरूले छुर्पी उत्पादन केन्द्र अवलोकन गर्ने जनाइएको छ । हुम्लाका अन्य तीन स्थानीय तहले पनि गत वर्ष नै भ्रमणका लागि लाखौँ खर्च गरेका छन । यो वर्ष पनि उनीहरूले अवलोकन भ्रमणमा जाने तय गरेका छन । चंखेली गाउँपालिकाको टोली गत वर्ष नेपालगन्ज, सुर्खेत र पोखरा भ्रमणमा गएको थियो । त्यसमा १२ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।