रतन बहादुर रावत
हुम्ला– चंखेली गाउँपालिकाले प्राकृतिक प्रकाेप पिडितलाई राहत सहयोग गरेकाे छ ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, र उपाध्यक्ष प्रेेमकला शाही द्वरा गाउँपालिका प्रााकृतिक प्रकाेप पिडितलाई राहत सहयोग गरेका छन ।
बाढी पहिराे पिडित देउच्या कामीलाई २ लाख ५० हजार, आगलागी पिडित कर्णबहादुर शाहीलाई २ लाख आगलागी पिडित जयबहादुर शाहीलाई ३ लाख आर्थिक सहयोग गाउँँपालिका सुचना प्रविधि अधिकृत ताराबहादुर कार्कीलेे जानकारी दिए ।
मृतक कालीबहादुर शाहीकाे किरियाँ खर्च २५ हजार मृतक गाेरबहतदुर बुढाकाे किरियाँ खर्च स्वरूप २५ हजार हस्तान्तरण गरेकाे सुचना प्रााविधि अधिकृत कार्कीले बताए । अध्यक्ष र उपाध्यक्ष उपस्थित आजै हस्तान्तरण गरेकाे कार्कीकाे भनाई छ ।
कर्णाली रैवार संवाददाता । १९ फाल्गुन २०७९, शुक्रबार १७:१८