राज शाही यस अघि रोकिएको नियमित खोप सुचारु भएको छ । सिमकोट गाउँ पालिकाले यस अघि प्रत्येक महिनाको ८ गते लगाउदै आएकोमा यो महिना कोभिड १९ का कारण केही समय सरेपछि वैशाख ११ गतेबाट सुरु गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भएको छ ।
उहाँका अनुसार सिमकोट गाउँपालिक–१, २ र ७ मा वैशाख ११ र १२ गते सुरु गरिएको बताइएको छ । त्यसै गरि जिल्लाका ७ वटै गाउँ पालिकामा उक्त खोप लगाउने बारे स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार अन्य गाउँ पालिकालाई पनि जानकारी गराई सकिएको र गाउँ पालिकाका स्वास्थ्य शाखाले सोही अनुसार यो महिनाको नियमित खोप लगाउने कार्य सुरु भएको प्रमुख सिंहको भनाई छ ।
कोरना भाइरसको डरत्रास सबै तिर रहेको अवस्थामा सिमकोट गाउँ पालिका लगाएतका अन्य गाउँमा मानिसलाई आवत जावतमा रोकलागाइएको छ । यस्तो अवस्थामा स्वास्थकर्मीलाई यो नियमित भ्याक्सिन लिन सिमकोट आउनु पर्ने भएकाले त्यस्ता व्यक्तीलाई नरोकि दिन पनि प्रमुख सिंहले लगडाउनको उच्च सम्मान गर्दै अनुरोध समेत गर्नु भएको छ ।
कर्णाली रैवार संवाददाता । १३ बैशाख २०७७, शनिबार १०:०८