यति एयरको जहाज पोखरामा दुर्घटना !(भिडियो अपडेट)

आठमाडौ,१ माग । यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।अहिले घटनास्थलतर्फ हेलिकप्टरमा उद्धार टोली जाँदै गरेको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

उक्त जहाजमा करिब ६८ जना सवार रहेको जान्कारी आएको छ । बांकी बिबरण आउन बाकी ।