हुम्लामा तोङरी २१५० ह्योल्हो ल्होसार (फोटो फिचर)

हुम्ला :

हरेक वर्ष पुस महिनामा पर्ने ल्होसार लामा जातिको नयाँ वर्ष पनि हो । विभिन्न वर्ष पार गर्दै बाघ वर्ष पूरा भएर खरायो वर्ष शुरु भएको लामा सांस्कृतिक मञ्च हुम्लाका अध्यक्ष धर्मनन्द लामाले बताएका छन् । अध्यक्ष लामाका अनुसार कैलाशको मानसरोवर  छेउछाउमा बस्ने सबै  लामा जातिका किसानीहरुले ल्होसार पर्व मनाउँदै आएका छन् ।

जडान राज्यबाट आएका लामा जाति सबैले यो पर्व मनाउने गर्दछन्  । यो  पर्वमा आफुभन्दा ठूलावडाको आर्शिवाद लिनुका साथै घरमा बोलाएर मिठो मसिनो खानेकुरा खुवाउने गरिन्छ । तीन दिन मनाउने यो पर्व शुरु भएको पहिलो दिन आफन्त भेला भएर बसेर मिठा, मिठा खानेकुरा खाएर रमाइलो गरिन्छ ।

 

दोस्रो दिन एक ठाउँमा सबै जम्मा भएर रमाईलो गर्दै नाचगान गरिन्छ भने अन्तिम दिन लामासमुदाय पहिचान हुने पहिरन लगाएर लामाजातिको  गितमा  नाच गान  गर्दै  भेला भएका सबै आफन्तले यातउता  घिउको टाँसीलाई अर्काे वर्ष भेट गर्ने बाँचा गरेर छुटिन्छन्  । आफ्नो  घर गएर दियालो बालेर नयाँ वर्षको आगमनलाई स्वागद गरिएर मनाउँदै यो पर्व समाप्त गर्दछन् ।