हुम्लामा थप ३ जना कोरोना पोजेटिभ

हुम्ला–हिमाली जिल्ला हुम्लामा थप ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । ४ दिन अघि स्वाव संकलन गरिएको ५१ जनाको स्वाव मध्ये ३ जनाको कोरोना संक्रमणको नतिजा पोजेटिभ देखिएको छ ।
२ जना सश्स्त्र प्रहरी र १ जना हिल्दुम साना जलविद्युत आयोजनाको कर्मचारीमा नयाँ थप कोरोना पुष्टि भएको छ ।
सश्स्त्र प्रहरीको ३० वर्ष र २१ वर्षको दुई जना पुरुष र हिल्दुम साना जलविद्युत आयोजनामा कार्यरत ४५ वर्षको पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।
५१ जनाको स्वाव संकलन गरिएको मध्ये ३ जनाको थप कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिहंले बताए ।
ग्रिनजोनबाट रेडजोनमा प्रवेश गरेको हुम्ला जिल्लामा हाल सम्म ६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।