अदानचुलीका सुचना तथा संचार प्रविधि अधिकृत माथि कुटपिट

हुम्ला–अदानचुली गाँउपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत सुरेन्द्र फडेरा उनका दाई मोहन फडेरा र कृषि जेटिए कमल नेपाली माथी कुटपिट भएको छ । शुत्रबार करिब ३ बजेतिर आफनै कार्यालयमा कोभिड–१९ सम्बन्धि एम आईसीमा डाटा इन्टी गरी इलका स्वास्थ्यचौकी श्रीनगर जाने क्रममा हातपात भएको हो ।

इलका स्वास्थ्यचौकी श्रीनगर जाने क्रममा नेपाली काँग्रेस समर्थक करिब १५देखि २० जनाको समुहले आफुहरुलाई कुटपिट गरेको अदानचुली गाँउपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत सुरेन्द्र फडेराले जानकारी दिए ।

आफु सँग भएको मोबाइल,हार्डडिक्स,क्यामेरा लगायतका सामाग्री समेत हराएको सूचना तथा संचार प्रविधि अधिकृत फडेराले बताए । गाँउपालिका सूचना तथा सचार प्रविधि अधिकृत सहित उनका दाई मोहन फडेरा र कृषि शाखाका जेटिए माथी कुटपिट भएको अदानचुली गाँउपालिका अध्यक्ष दल फडेराले बताए ।

सूचना तथा संचार प्रविधि अधिकृतलाई गाँउपालिकाले कोभिड–१९ सम्बन्धि फोकल प्रर्सन तोकेको थियो डाटा अपडेट गरी फर्किन क्रममा उनीहरुमाथी कुटपिट भएको अध्यक्ष फडेराले बताए । प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईका अनुसार पिडित पक्षबाट निवेदन आएको छ सबै प्रक्रिया पुगाएर आएपछि मुद्धा दर्ता हुने बताइन् ।