वैशाख ५ गते विप्लव समुहले हुम्ला बन्द गर्न

हुम्ला– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली नेपाल बन्दको आयोजना गरेको छ । आज बिहान एक प्रेस विज्ञप्ती निकाल्दै आफनो पार्टीले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गरेको बेला सरकारले आफनो पार्टी नेता तथा कार्यक्रतालाई धरपकड भन्दै नेपाल बन्दको घोषणा गरेको हो ।

सरकार विरुद्ध वैशाख ५गते नेपाल बन्दको आव्हान गरिएको नेपाल कम्युनिस्ट पार्टी हुम्लाका जनसकार प्रमुख कुम्भ बुढाले जानकारी दिएका छन । देशमा शान्ति पुर्ण कार्य गरिरहेकोले आफुमाथि लगाएको प्रतिबन्द र्फिता नलिँदा सम्म आफनो पार्टीले सरकार विरुद्ध हरेक बिषय लाई लिएर बन्दको आयोजना गरेको जनसरकार प्रमुख बुढाले बताए ।

भोलि बैशाख ५ गते हुुम्ला जिल्ला स्थित सरकारी गैरसकारी कार्यलय शिक्षण सस्था उद्योग व्यापारी सबैलाई बन्द गर्न समेत आव्हान गरेको छ । सरकारले नेकपा विप्लव समुह देशमा आंतक सिर्जना गर्ने क्रियाकलाप शुरु गरेको र विभिन्न पक्ष बाट चन्दा संकलन गरेको र राज्य विरुद्ध गलत गतिविधी गरेको भन्दै सरकारले पछिल्लो समयमा नेकपा विप्लव कार्यकता नेतालाई नियन्त्रण लिन समेत निर्दैशन गरेको छ ।
देशै भरि ६ सय भन्दा बढि विप्लव समहुका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी सरकारले नियन्त्रण लिएको जानकारी गराएको छ ।