
सरकार सरकार विचमा द्धन्द सृजना हुनुहुदैन
कार्यक्रममा उनले सरकार सरकार विचमा द्धन्द सृजना गर्ने काम हुन नहुने पनि बताए । स्थानीय, प्रदेश र संघीय सरकार विचमा समन्वय हुन नसकेका सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा नहुने उनले बताएका छन् । के के काम कुन कुन सरकारले गर्ने हो भनेर निश्चित भएमा विकास गर्न सहज हुने उनको भनाई छ । ‘स्थानीय, प्रदेश र संघीय सरकारले के गर्ने भनेर निश्चित हुन जरुरी छ, उनले भने–कसले के गर्ने भनेर पुर्ण रुपमा निश्चित हुन नसकेकाले पनि सरकार सरकारका विचमा द्धन्द्ध सृजना भैरहेको छ ।’
खेललाई आर्थिक समृद्धिसँग जोडौं
मुख्यमन्त्री शाहीले खेललाई आर्थिक समृद्धि सँग जोड्नुपर्नेमा जोड दिएका छन् । खेल, स्वास्थ्य, मनोञ्जन र प्रतिस्पर्धाका लागि मात्र नभई आर्थिक विकासको समेत आधार रहेको बताए । खेललाई आर्थिक विकासका लागि प्रयोग गर्नुपर्नेमा उनको जोड छ । भूगोल, हावापानी र वातावरणका आधारमा नयाँ नयाँ खेलको विकास गर्दै अगाडि बढ्न सके त्यसले आर्थिक विकासमा टेवा पुर्याउने उनले बताए । साथै उनले निजी क्षेत्रबाट हुने खेलकुदका कार्यक्रममा सहकार्य गर्न सरकार तयार रहेको समेत बताए ।
कर्णाली रैवार संवाददाता । १३ पुष २०७५, शुक्रबार १६:१७