हुम्लाका सातवटै स्थानीय तहहरुमा तिब्ररुपमा खोप संञ्चालन हुँदै ।

नन्द सिंह हुम्ला जिल्लाका सातवटै स्थानीय तहमा रहेका १५ महिनामुनीका १ हजार ८ सय बालबालिकालाई नियमीत खोप लगाउन शुरु गरीएको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले गरिएको लकडाउनले प्रभावित बनेको नियमित खोप कार्याक्रम पुनः सुचारु भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बेहराले बताउनु भएको छ ।

बन्दाबन्दीले प्रत्येक महिनाको आठ गते लगाउने खोप प्रभावित हुँदा बालबालिका खोप लगाउनबाट बन्चित भएपछि वैशाख ११ गतेबाट पुनः सुचारु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा कार्यालय हुम्लाको समन्वयमा जिल्लाका सात वटै स्थानीयतहमा खोप कार्यक्रम सुरु गरेको स्वास्थ्य सेवा कार्यालयका (कोचेअ) कोल्चेन असिस्टेन मान बहादुर रोकायाले बताउनुभयो ।

मन्त्रालयको निर्देशन अनुसार खोपमा सहभागी स्वास्थ्यकर्मीहरुलाई संक्रमणको जोखिमबाट बच्न सुरक्षा सावधानी अपनाएर खोप कार्यक्रम शुरु गर्न भनिएको रोकायाले बताउनुभयो । खोप कार्यक्रम संञ्चालन गर्दा स्वास्थ्यकर्मीहरुले पिपिई, माक्स र पञ्जा लगायतका सामग्री लगाएर खोप लगाउने गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताउनुभयो । खोप कार्यक्रम सञ्चालन गर्दा सामाजिक दूरी पनि कायम गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशनमा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वय र गाउँपालिका स्वास्थ्य शाखाहरुको साझेदारीमा उक्त खोप लागाउने कार्य तिब्ररुपमा संञ्चालन भईरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताउनु भयो ।