पुर्णतारा फाउण्डेसनद्धारा संचारकर्मीहरुलाई मास्क, स्थानीय तह भने आनाकानी

नन्द सिंह हुम्ला नेपालगंजमा स्थापना भएको पुर्णतारा फाउण्डेसनले हुम्ला जिल्लाका क्रियाशिल संचारकर्मीहरुलाई चैत २८ गते मास्क सहयोग गरेको छ । विश्वभरिनै महामारीका रुपमा फैलिएको कोरोना भइरसबाट बच्ने उदेश्यकासाथ प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईको उपस्थितीमा जिल्लामा कार्यरत १३ जना संचारर्कीहरुलाई प्रति व्यक्ति दुई थान मास्क बितरण गरिएका हो ।

सो संस्थाको उल्लेखनिय कामले गर्दा हुम्लाका स्थानीय तहरुलाई पनि चेतवानी समेत भएको देखिनछ । कोरोनाको जोखिमबाट बच्नका लागि हुम्लाका १३ जना संचारकर्मीहरुलाई मास्क वितरण गरिएको संस्थापक पुर्णबहादुर रोकायाले जानकारी गराउनु भयो ।

अहिलेको जटिल परिस्थितीमा जिल्लामा संचारकर्मीहरुले रिपोटिङ गर्नु पर्ने बाध्यता देखिएपछि क्रियाशिल संचारकर्मीको बाधयता र दुख हेरेर प्रतिव्यक्ति दुई दुई थान मास्क बितरण गरिएको फाउण्डेसनका संस्थापक रोकायाको भनाई छ । जिल्लाका संचारकर्मीहरुले निक्कै जोखिम मोलेर रिपोटिङ्ग गर्नु पर्ने अवस्था अवगतनै छ ।

पत्रकारहरुले कोरोनाको अपडेटका लागि जिल्लाका सरोकारवाला निकाय र स्थानीय तहसंग माग्दा कहिलेई फोन नउठाई दिने त कहिले आनाकानी गर्ने गरेको देखिन्छ । त्यस्तै पत्रकार आफै उपडेटका लागि सम्वन्धित क्वारेन्टाइन स्थलसम्म जानलाई पनि कुनै व्यवस्था नभएपछि सो ठाउँको एथेन्टिक रिर्पोट समेत आउँन कठिनाई भएको छ ।

जिल्लाका औँलामा गनिने पत्रकारलाई समेत सामान्य रुपमा मास्क, सेनिटाइजर, गलव्स जस्ता सामग्रि जिल्ला भित्रकै स्थानीय तहहरुले उपलव्ध गराउँन सक्थ्यो । त्यसको सट्टा जिल्लामा ठिक विपरित भएको केही पत्रकारहरुको गुनासो समेत रहेको छ । हालसम्म जिल्लामा समाजसेवाका लागि काम गर्ने सरकारी तथा गैरसरकारीबाट यस्तो काम नभएको सन्दर्भमा फाउण्डेसनले संचारकर्मीको समस्या हेरि मास्क सहयोग गर्दा केही राहतको महशुस भएको पत्रकार दाने बोहराले बताउनु भयो । त्यो संगै सुरक्षा अधिकारी, जनप्रतिनिधि र सामाजिक संस्थाका प्रमुखलाई पनि मास्क बितरण गरिएको थियो ।

लकडाउनको अवस्थामा पनि हुम्लाका सञ्चारकर्मीको पिडालाई बुझेर हवाई मार्गबाट फाउण्डेसनकी अध्यक्ष तारा रोकायाले मास्क हुम्ला पठाउनु भएको थियो भने हुम्लाका स्थानीय तह र सरोकारवाला निकायको त्यता तिर ध्यान जान नसको गुनासो पत्रकार मन्दिर सिंहको छ । त्यस्तै चैत २७ गते पनि सिमकोट गाउँपालिका वडा नम्बर ५ का तीन सय जना बृद्धबृद्धा, महिला, दलित र अपांगात भएका ब्यक्तिहरुलाई पनि सो संस्थाद्धारा मास्क सहयोग गर्दा केही राहात भएको थियो ।