सुर्खेत २४ असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् ।
वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयल सुर्खेतले जनाएको छ। सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनालाइ एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको आरोप थियो ।
वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको भन्दै विहिवार प्रहरीमा उजुरी परेको थियो । गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए भने विष्ट आईतवार पक्राउ परेका हुन।
कर्णाली रैवार संवाददाता । २४ असार २०८०, आईतवार १९:४२