हुम्लामा नेकपाको जिल्ला पार्टी कार्यालय स्थापना

हुम्ला ३ पुस । नेकपा एमाले र माओवादी केन्द्र बिच एकिकरण पश्चात बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ ।
गत २२ गते बसेको कर्णाली प्रदेश कमिटिको बैठक लगतै हुम्लामा प्रदेशकै पहिलो पटक जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो ।

सावि नेकपा एमाले पार्टी कार्यालय भएको सिमकोट एकता चोकमा स्थापना गरिएको कार्यालयको उद्धघाटन गदै नेपाल कम्युन्ष्टि पार्टी (नेकपा) कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले कर्णाली प्रदेशका १० जिल्लाकै पहिलो पटक हुम्ला जिल्लामा पार्टी कार्यालय स्थापना गरेको बताए ।

नेपालका ठुुला २ कम्युन्ष्टि पार्टी एकता भएपछि जिल्ला स्तरका नेताहरुको आयोजनामा एकताचोकमा पार्टी कार्यालय स्थापना गरिएको अध्यक्ष बोगटीले बताए ।
जिल्ला कमिटी गठन नहुदै साविक जिल्लाका नेताहरुको संयोजनमा भोलीका दिनहरुमा पनि कमिटी गठन हुने अध्यक्ष बोगटीको भनाई छ । जिल्ला कमिटी गठन नभएकै समयमा प्रदेश कमिटीको पहलमा हुम्लमा पहिलो पटक जिल्ला कार्यालय स्थापना भएको बताए ।

सडक सञ्जालले नजोडिएको हुम्लालाई सडक सञ्जालमा समाहित गर्न र अन्य क्षेत्रको विकासको अग्रपंतीमा पु¥याउन स्थानीय, प्रदेश र संघिय सरकार लागि परेको बताएका बोगटीले नेकपाका सबै तहका कमिटि गठन भएपश्चात सरकारलाई पार्टीले सही मार्गमा लाग्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, कर्णाली योजना आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकाया,कर्णाली प्रदेश कमिटि सदस्य तथा युवा संघ नेपालका उपाधक्षय हस्तबहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।