हुम्लाका दुई गाउँपालिकामा हिमालयन पर्मो कल्चरले राहत वितरण

हुुम्ला–जिल्लाका दक्षिणी दुई गाउँपालिकामा हिमालयन पर्मो कल्चर नामक गैहसरकारी संस्थाले राहत वितरण गरेको छ । अदानचुली गाउँपालिका–५ स्थित बारीगाँउमा ३५ घरधुरी र ताजाँकोट गाउँपालिकामा २ सय घरधुरीलाई साबुन नुन वितरण गरेको हो ।

प्रतिघरधुरी ५प्याकेट नुन् र २÷२ चक्की नुहाउने साबुन र लुगा धुने साबुन वितरण गरेको हिमालयन पर्मो कल्चर संस्थाका जिल्ला संयोजक पौमल ऐडीले जानकारी दिए ।

कोभिड–१९ को लक्षित गरी ताजाँकोट गाउँपालिका–५ का १ सय ८० घरधुरी र ताजाँकोट गाउँपालिका–३ स्थित मासपुरका १९ घरधुरीलाई र अदानचुली गाउँपालिका–५ बारीगाउँमा ३५ घरपरिवारलाई राहत उपलब्ध गरेको जिल्ला संयोजक ऐडीले बताए ।

कृषि क्षेत्र सम्बन्धि काम गदै आएकोले यहाँका गरिब विपन्न घरपरिवारलाई सानो सहयोगले केही राहत मिल्ने भन्दै नुन र साबुन वितरण गरेको उनको भनाई छ ।