मुगुमा वडा कार्यालय जलाइयो

मुगु । अज्ञात समूहले मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा आगजनी गराएको छ।

आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ। राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार आगलागी कसले गर्‍यो भन्ने यकिन थाहा नभएको तर घटना शंकास्पद रहेको बताए। भित्र मान्छे सुतेका भए पनि बाहिर चुकुल लगार्ई आगो लगाएका र आगलागीलगत्तै मान्छे भ्यालबाट भाग्न सफल भएका छन्। अरू कार्यालयमा रहेका सम्पूर्ण सामान कागजप्रत्र पूर्णरूपमा जलेर खरानी भएका अध्यक्ष मल्लको भनाइ छ।