ताँजाकोटमा अज्ञात रोगले ९ को मृत्यु

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ । यो सहित ताँजाकोटमा मर्नेको संख्या ९ पुगेको छ भने  भने २ दर्जन भन्दा बढि विरामी  परेका छन । आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ जीमाना गाउका का ५५ बर्षिया बिरदल रीठाल रहेको यो सहित ताँजाकोटमा मर्नेको संख्या ९ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।
रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो भएर मृत्यु हुने चैत्र २६ गतादेखी फैलिएको अज्ञात रोगका कारण शनिबार सम्म मर्नेको ९ जना पुगेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । अहिले पालिकामा रहेका स्वास्थ्य चौकीमा भएको औषधि सकिएर पालिकाले संचालन गरेको फार्मेसीको औषधि समेत बितरण गरी सकेकोले औषधि र स्वास्थ्यकमीणर््को अभाब हुन नदिन तथा उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट औषधि सहित स्वास्थ्यकर्मीको टोली शनिबार घटनास्थलका लागि हिडेकोे गाउँपालिका अध्यक्ष मल्लले बताए ।
एक हप्ता अगाडि पानी परेपछि अज्ञात रोगका कारण मान्छेको मृत्यु हुन दरमा बृद्धि भएकाले रोग पहिचान गर्न सकिएको छैन । गाउँमा सिजनल फुल्वु हुनसक्ने शंका गर्न थालेको सो रोगको समयमा नियन्त्रण नभए यसले ठुलो रुप लिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु शाहीले बताए।
अज्ञात रोगका कारण १ जनाको चैत २६ गते र अन्यको बैशाखमा गरी अहिलेसम्म ९ जनाको मृत्यु भएको र स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि नभएको र मृत्यु हुने सबैमा श्वासप्रश्वास र दमको समस्या रहेको मैला स्वास्थ्यचौकीका अहेब मोतीलाल जैशीले बताए । ताँजकोट गाउँपालिकाको मैला, मदान, गल्लाबाडा, सिरुपाटा, काडाजीमाना लगायतका गाउँमा पहिचान नभएको रोग फैलिए पछि दजनौको संख्यामा बिरामी परेका छन । पानी पर्न रोकिए पछि गाउँमा विरामी भएर मृत्यु हुनेमा ताँजकोट गाउँपालिका–१ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका बिरदल रीठाल रहेका छन् । त्यसै गरि सोहि वडा नं २ का ५५ वर्षका रङ्गे कोली र पाँच वर्षका सुनकेसा सुनार, वडा नं ३ का७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जीरे सुनार, ५५ वर्षका लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी गराउनु गराए ।
औषधि र स्वास्थ्य कर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधि सहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा  हिडिसकेको  सामाजिक विकास मन्त्री दल रावलले बताए । आफुले शुक्रबार मात्र थाहा पाउने वित्तीकै औषधि र विषेशज्ञे सहितकोे टोली पठाई सकेको उनले बताए ।
ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मि नबस्नुकै कारणले उपचारमा समस्या हुँदै आएको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् । स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधी नभएको र स्वाथ्यकर्मि स्वाथ्य चौकीमा नबसेकै कारणले गाउँमा विरामीको संख्या बढेको पाईन्छ । हुम्लाका नागरीकले औषधि अभावका वर्षे अकालमा नै ज्यान गुमाउनु परेको छ ।
रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालीत ।
एक सातामै अज्ञातले ताँजाकोटका १,२ र ३ वडामा  ९ जनाको ज्यान गएपछि ताँजाकोट गाउपालिका र कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले प्रभावित क्षेत्रमा औष्धि सहित स्वास्थ्यकर्मि परिचालन गरीएको छ । बैशाख लाग्न नपनउदै अज्ञात रोगले ९ जनाको ज्यान गए पछि गाउपालिका र जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा जनस्वास्थ्य शिविर संचालन गरेको र विशेषज्ञ चिकित्सक  सतिहको टोली रोग  प्रभावित क्षेत्रमा पुगिसकेको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद अधिकारीले बताए ।

स्वास्थ्यकर्मिलाई जिल्ला नछोड्न उर्दी ।
ताँजाकोटमा फैलिएको अज्ञात रोगको प्रकोप जिल्लामा फैलिएर यसले ठुलो रुप लिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले स्वास्थ्यकर्मिलाई जिल्ला नछोड्न निर्देशन दिएको छ । जिल्लाको ताँजाकोटमा  सामान्य विरामीका कारण ९ जनाको ज्यान जानुका साथै दर्जनौैंको संख्यामा विरामी परेपछि जिल्ला प्रकोप उद्धार समितिको बैठकमै जिल्लामा यसको प्रकोप बढ्रन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जिल्लाका स्वास्थ्यकर्मिलाई जिल्ला नछोड्न निर्देशन दिनु भएको छ । जनस्वास्थ्य जस्तो संब्यदनसिल क्षेत्रमा कोही कसैले लापर्बाही नगरी  हुम्लाबासिको स्वास्थ्यमा सुधार ल्याउनु राज्यको दायित्व हो । कुनै पनि पालिकाका स्वास्थ्य संस्थामा  औषधि अभाव हुन नदिन गाउपालिका, जिल्ला स्वास्थ्य कार्यालय र कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयमा अनुरोध गरेको र रोगको अबस्थाबारेमा ल्याप परीक्षण गर्न कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट बिशेषग्य सहितको टोली सम्बन्धित स्थलका लागि हिडिसकेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।