जुम्लामा पेट भरिने नास्ता गेडा- चाउचाउ ।

जुम्ला,१० पुस । भोक लाग्यो भने तपाईं हाम्रो दिमाग मा आउने एउटै खाजा हो कि मोमो कि चाउमिन । पछिल्लो समय मोमो चाउमिन महंगो हुदै गएपछी मान्छेहरुको नास्तामा रोजाइ परिवर्तन हुन थालेको छ ।
जुम्लामा नास्तामा एकलौटि राज गरेको छ गेडा चाउचाउ ले ।सस्तो पनि पेट टन्न हुने हुंदा गेडा चाउचाउ धेरैको रोजाइ बनेको हो ।
खलंगा बजार टुडिखेल गेट अगाडि गेडा चाउचाउ बजार नै छ भन्दा फरक नपर्ला । थोरै लगानी र गेडा को लागि स्थानिय कच्चापदार्थ आवस्यक हुने हुंदा यो ब्यबसाय आजकल प्रतिस्पर्धी बनेको टुडिखेल अगाडिका ब्यबसायी बताउछन । एउटा चाउचाउ र एक गेडा अर्थात सिमि मिसायेर एक कटौरा बनए बापत ८० रुपिया कमाइ हुने व्यापारी बताउछन ।     हुन त पछिल्लो समय सबै सामान को मूल्य बढे संगै सिमि, आलुको मूल्य बढ्दा गेडा चाउचाउ को मूल्य बढ्ने गरेको हो । कनका सुन्दरी सिंजा घर भइ पातारासी बिहे गरेकी एउटा होटेल ब्यबसायिले सुरु गरेको ३ महिना मात्र भयो । तर उहाले सिजन नभएको बेला जस्तो कमाइ नभएपनी दिनमा ६/७ सय बच्ने गरेको सुनाइन । उनका अनुसार जाडो मौसम मा प्राय मानिस तराइ झर्ने रैछन त्यही भएर खान कमै आउछ्न । तातो सिजनमा अरुले त १ लाख महिनाको कमाइ हुने बताउथे ।उनले भनिन ।
एक केजि सिमि को २ सय मा किनेर एक केजि आलु २५ मा किनेर १० रुपिया वाला चाउचाउ मिक्स गरेर पेट अघाउनजेल खान दिनु पर्छ । मीठो भएन भने ग्राहक अन्यत्र जाने हुनाले प्रतिस्पर्धा छ कस्ले मीठो दिने भन्ने ती ब्यबसायिले बताइन ।
जुम्ला बजार मा मात्र गेडा चाउचाउ बेच्ने ब्यबसायी धेरै रहेका छ्न । जुम्ला तिला गाउंपालिकाका किरण रावत का अनुसार छिटो पाक्ने र पेट टन्न हुने हुंदा गेडा चाउचाउ नास्तामा सबैक रोजाइ रहेको बताउछ्न । सुरु सुरुमा ५० रुपियामा खाएको यो नास्ता महंगी संगै हाल ८० पुगेको छ । तर पनि ग्राहक ले भरी भराउ हुने अर्का ब्यबसायी बताउछ्न ।