नेविसंघका विद्यार्थी नेताहरू पक्राउ

सुर्खेत । नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरू पक्राउ परेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा निर्वाचनकाे माग राख्दै आइतबार विश्वविद्यालयकाे केन्द्रिय क्याम्पसमा तालाबन्दी गर्ने क्रममा प्रहरीले उनिहरूलाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य हरि शर्मा, स्ववियू सभापति झक्कबहादुर शाही, नेविसंघ सुर्खेतका निवर्तमान जिल्ला अध्यक्ष गाैतम विसी, स्ववियू सदस्य राेसन बस्नेत, नेविसंघ इन्जिनियरिङ्ग संकायका सभापति राजन केसीलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

यसअघि विश्वविद्यालयले चैत्र २५ गते (भाेली) निर्वाचन गर्न निर्णय गरेपनि निर्वाचन हुन नसकेपछि नेविसंघले विभिन्न चरणवद्द अान्दाेलन गर्दै आएकाे छ ।