कम्युनिष्ट स्थापना दिवस हुम्लाले पनि मनाउने तयारी हुँदै

हुम्ला । बैशाख ९ गतेका दिनमा कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवस मनाउने बारे नेपाल कम्युनिष्ट पार्टी हुम्लाको बैठक सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी हुम्लाको पार्टी कार्यलयमा केन्द्रिय सदस्य विजय भण्डारीको अध्यक्षतामा बसेको बैठकले नयाँ बर्ष २०७६सालको शुभकामाना एवम कम्युनिष्ट स्थापना दिवस भब्य मनाउने तयारी गरेको छ ।

६८ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा मनाउन गैरहेको स्थापना दिबसमा हुम्लााका ७ वटै गाउँपालीबाट सबै नेता तथा कार्यकर्ताको ब्यापक उपस्थिती गराउन सबै गाउँपालीकामा जानकारी गराउने बारे पनि छलफल भएको छ । कम्युनिष्ट स्थापना दिवस लाई लिएर हुम्लाका सबै गाउँपालिका जनप्रतिनिधी, विभिन्न गाउँपालिका कार्यकार्तार नेताहरु लार्ई दिवस मनाउन सहभागिका लागि अनुरोध गरिरएको कर्णाली प्रदेश सदस्य लोकबहादु हमालले बताउनु भयो ।