दलित वस्तीमा सरकारी सेवा नपुगेको भन्दै गाउँपालिकामा ज्ञापन पत्र

हुम्ला– ताँजाकोट गाउँपालिकामा ६५ जनाले हस्ताक्षर सहितको निबेदन पेश गरेका छन ।  दलित बस्ती मात्र रहेको चौतारी गाउँमा हाल सम्म कुनै पनि सरकारी सेवा नपाएको गुनासो गर्दै उक्त निबेदन प्रत्येक गाउँ गाउँमा टाँस गरेका छन ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतलाई सम्बोधन गरीएको उक्त निबेदनमा स्थानीय सरकार आईसके पनि हालसम्म कुनै कार्यलय सहयोगीसम्म नपाएको उल्लेख गरिएको छ । आफूहरुलाई नेताहरुले बाजा बजाउने काममा मात्र सिमित गराएको तर कुनै पनि योजनाहरुमा समेत समाबेश नगराईएको भन्दै गाउँका सर्ब दलित समुदायबाट त्यस्तो ज्ञापन पत्र बुझाइएको हो ।

उक्त निबेदनमा ६५ घरधुरीले कोही कुनै पनि पार्टीमा नरहने गरी सामुहिक राजीनामा दिएको समेत दिएको उल्लेख गरिएको छ । तर गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाले भने उक्त निबेदन दिएकोमा आफु जानकारी नभएको बताएकी छन । दलित महिलाका लागि भनेर १५ लाख रुपैया र दलित बस्तीकै लागि खानेपानीको लागि १८ लाख रुपैया बिनियोजन गरेकाले उहाँहरुले चित्त दुखाउने अबस्था नरहेको बताईन छ । उनका अनुसार यदी गाउँपालिकामा दर्ता भएको निबेदनले गाउँपालिका बैठकमा छलफल गरी आवश्यक सुनुवाई गर्ने बताइएन ।