अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो ।

एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खतिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको हो । अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैैन ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले असई पक्राउकाे सूचनाा प्राप्त भइनसकेको बताए । तर अख्तियारकाे सुर्खेत र काेहलपुर कार्यालयले भने यसकाे पुष्टि गरेका छन् । नाम नखाेल्ने शर्तमा अख्तियार सुर्खेतका एक कर्मचारीले अधिकारीलाई पक्राउ गरि काठमाडौं लगिएको बताएका छन् ।अन्नपूर्ण