युवा फुटबल खेलाडी स्वर्गीय कुनसाङलाई श्रद्धाञ्जली अर्पण (फोटो फिचर)

सिमिकोटमा रानीवन युवा क्लबले आयोजना गरेको रानीवन गोल्डकपको तेस्रो दिन रोयल स्टार युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै  चाङ्ला युथ क्लब विजयी भएको छ ।

साथै चाङ्ला युवा क्लबले लोकप्रिय युवा फुटबल खेलाडी स्वर्गीय कुनसाङ लामालाई श्रद्धाञ्जली अर्पण गरेको छ ।

स्वर्गीय कुनसाङ योङ स्टार क्लब र चाङ्ला युथ क्लबबाट खेलेका थिए । उनको सम्झनामा लागि यो श्रद्धांजलि दिएको कोच तोप छिरिङले बताए।