प्रचण्ड सरकारका मन्त्रीले बुझाए राजिनामा !

काठमाडौ,१३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । शनिबार बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी थिए ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राप्रपाका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।