सुभास नेवाङको मृत्यु, कारण यस्तो !

काठमाडौ,२६ भदौ । नेकपा एमाले नेता सुवास नेम्वाङ को मृत्यु भएको छ ।

संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका  नेम्वाङ को मंगलबार राती २ बजे मृत्यु भएको हो । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको स्रोत ले बतायो ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।