ज्ञान् बहादुर शाहिलाइ जरिवाना !

कर्णाली प्रदेशका ३२ जना उम्मेद्वारलाई निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगरेको भन्दै जरिवाना गर्ने भएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

जसमा एक सय जनाले खर्च विवरण सार्वजनिक गरे भने १६ जनाले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् । खर्च विवरण सार्वजनिक नगर्नेहरुमा स्वतन्त्र उम्मेद्वार देखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका उम्मेद्वार छन् ।

प्रतिनिधि सभा निर्वाचन तर्फ जुम्लामा रतननाथ योगी (नेकपा एमाले), ज्ञानबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी), डा. कलबहादुर रोकाया (स्वतन्त्र), गोमा गौतम कुँवर (माओवादी केन्द्र) ले खर्च विवरण सार्वजनिक गरेका छैनन् । मुगुमा नेपाली काँग्रेसका उम्मेद्वार ऐनबहादुर शाही ठकुरी र स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर सेजुवालले खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अंगदकुमार बुढा, दैलेखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ईन्द्रप्रसाद शर्माले निर्वाचन खर्च विवरण सार्वजनिक गरेनन् । यस्तै कालीकोटमा धनबहादुर बुढा (राष्ट्रिय प्रजातन्त्र पार्टी), पंखबहादुर विष्ट (नेपाली काँग्रेस–बी.पी.) र स्वतन्त्र उम्मेद्वार धनप्रसाद पाण्डले खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

सुर्खेतमा शेरबहादुर घर्तीमगर (मंगोल नेशनल अर्गनाइजेसन), कर्णबहादुर थापा (जनता समाजवादी पार्टी, नेपाल), टेक्मल दमाई (नेकपा माओवादी समाजवादी), दिपबहादुर नेपाली (जनता समाजवादी पार्टी, नेपाल) र कुमारी राई (नेश्नलिष्ट पिपल्स पार्टी) ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

कर्णाली प्रदेश सभा तर्पm १६ जना उम्मेद्वारले समेत निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा तर्फ जुम्लामा धिरेन्द्रराज गिरी (नेकपा एमाले), टेकराज पछाई (नेकपा एमाले), पदमबहादुर रोकाया (नेकपा एकिकृत समाजवादी) ले खर्च विवरण सार्वजनिक गरेका छैनन् । मुगुमा मानबहादुर ऐडी (स्वतन्त्र), कर्णबहादुर मल्ल (नेकपा एमाले), जगतबहादुर धामी (स्वतन्त्र) कालिकोटमा कर्णबहादुर विष्ट (नेपाली काँग्रेस बीपी) ले समेत खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

यस्तै सुर्खेतमा गंगे कामी (जनता समाजवादी पार्टी, नेपाल), देवबहादुर चन्द (स्वतन्त्र), कृपाराम वस्नेत (जनता समाजवादी पार्टी, नेपाल), भोजप्रसाद चपाई (नेकपा माओवादी समाजवादी), पुर्णबहादुर सुनार (नेपाल लोकतान्त्रिक पार्टी) र कर्णबहादुर रेगामीमगर (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले हालसम्म पनि निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रही जुम्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अहिलेसम्म पनि आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छैनन् । यस्तै जुम्लामा प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं. १ (ख) का टेकराज पछाई कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत भएका थिए ।

हाल उनी प्रदेश सभामा प्रदेश मामिला समितिको सदस्य समेत छन् । राप्रपा सांसद शाही र पूर्वमन्त्री पछाई समेत जरिवाना सूचीमा रहेकाे निर्वाचन आयोगले जनाएको छ । जरिवाना वापतको रकम तोकिएको समयमा नबुझाए आगामी निर्वाचनमा भाग लिन नपाउने निर्वाचन आयोगले चेतावनी समेत दिएको छ ।

(नेपाली रैबार बाट )