हुम्ला ४ मंसिर
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्यप्रसाद रेग्मी मनोनित भएका छन् । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले दैलख नारायण गरपालिका–३ निवासी रेग्मीलाई उपाध्यक्षमा मानोनित गरेको हो ।
युवा स्वरोजगार कोषको कार्याकारणी उपाध्यक्ष भैसकेको रेग्मी कृषि तथा अर्थ विज्ञ समेत हुन् । लामो समयदेखि कृषि क्याम्पस रामपुर चितवमा प्रध्यापका रुपका कार्यरत रेग्मी कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकार समेत रहेका थिए ।
त्यस्तै आयोगको सदस्यमा दैलेखकै योगेन्द्र शाही र हुम्लाका डाक्टर दीपेन्द्र रोकायालाई कर्णाली प्रदेशको योजना आयोग सदस्यमा मनोनित गरेको कर्णाली प्रदेश सरकारका प्रवत्ता विमला केसीले जानकारी दिइन ।
राष्ट्रिय युवा नीति कार्यदलका संयोजकको भूमिका निर्वाह गरेका शाही विश्व युवा परिषदको उपाध्यक्ष समेत भैसकेका छन् ।
डा. दिपेन्द्र रोकाया लामो समय पत्रकारिता क्षेत्रमा काम गदै आएका छन । डा. रोकायाले त्रिभुवन विश्व विद्यालयबाट राजनीतिका शास्त्र तथा ग्रामिण विकास र द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी हाँसिल गरेका छन ।
कर्णाली प्रदेश सरकारको सोमबार (हिजो) राती सम्पन्न मन्त्रीपरिषद् बैठकले ‘कर्णाली प्रदेश योजना आयोग’ (गठन तथा कार्य संचालन) आदेश २०७५ स्वीकृत गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । आयोगमा सदस्यमा प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहेका छन् ।
तस्विरः आयोगका उपाध्यक्ष रेग्मी र सदस्यहरु शाही र रोकाया ।
कर्णाली रैवार संवाददाता । ४ मंसिर २०७५, मंगलवार १२:३३