बालेन बिरुद्ध अदालतको फैसला !

काठमाण्डौं,७ असार ।  महानगर भित्रका हलहरुमा हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निणर्य बिरुद्ध पाटन उच्च अदालतले फैसला सुनाएको छ ।

बिहिबार, उच्च अदालतले अन्तरिम आदेश दिदै भारतीय फिल्म रिलिज नरोक्न आदेश दिएको हो । न्यायाधिस धिरबहादुर चन्दको एकल इजालसले भारतीय फिल्म लगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । यो बिषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले असार १२ गते दुबै पक्षलाई बोलाएको छ । चलचित्र संघले बुधबार पाटनमा बालेन शाहको निणर्य बिरुद्ध उजुरी दिएको थियो ।

यता अदालतको फैसला आएसँगै मेयर शाहले सामाजिक सञ्जालमा आफ्नो अर्को अभिव्यक्ती सार्वजनिक गरेका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनिहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन’, मेयर शाहले लेखका छन् ।