रैथाने बाली जोगाउन काठमाडौबाट जुम्ला आए रुपकहरु(फोटोफिचर)

जुम्ला,२२ जेठ । रैथाने बीउ जोगाउने अभियान जुम्लाबाट सुरु भएको छ ।

जुम्लाको रैथाने बाली प्रबर्द्धन र बिउ संरक्षण गर्ने उद्देशयका साथ अभियान संचालन भएको बताइएको छ।  जुम्लाको रैथाने बाली प्रबर्धन गर्ने र बिउ संरक्षण गर्ने अभियान थालनी गर्न काठमाडौंबाट ९ जनाको अभियान्ता टोलि जुम्ला आएको हो । टोलिमा अभियान्ताहरु सेरेन जोशि,विनोद राज जोशी, विनोद देउवा ,सुमन खड्का लगाएत छ्न ।

यो अभियानले पछिल्लो समय लोप हुँदै गएको रैथाने बाली प्रबर्धन र संरक्षण गर्न ठूलो भुमिका खेल्ने अभियानलाइ सहजिकरण गरेका जुम्ला बहुमुखी क्याम्पस स्वबियु सभापती महेश हमालले कणाली रैबारलाइ बताए ।

जुम्ला  लगायत कणालिमा रसायनिक मलको प्रयोग गर्नाले रैथाने बाली लोप हुन थालेको कारण प्राङगारिक मलको प्रयोग साथै रैथाने बालिको जगेर्ना गर्नु पर्ने बेला भएको अभियान्ता तथा आइ एम इ लाइफ इन्सुरेन्स शाखा जुम्लाका प्रमुख बुद्दी तामाङले बताए ।

अभियान्ताले विभिन्न खाले नारा लेखेका बोर्डहरु बोकेर अभियान थालेका थिए । कार्यक्रममा जुम्लाका बिध्यार्थी, बुद्धिजिवी, किसान, राजनितिक दलका प्रतिनिधिको प्रतिनिधित्व रहेको अभियान्ताले जानकारी दिय ।