कर्णालीका मुख्यमन्त्री शर्मा को हुन?

मंगलबार नेकपा माओबादी कणाली प्रदेश कमिटी बैठकबाट  सर्वसम्मत रुपमा दल नेतामा चयन भएका कणाली प्रदेश को मुख्य मन्त्री को हुन त ? हेरौ उहांको बारेमा :-
०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका शर्मा पहिलो पटक संसदमा प्रवेश गरेका हुन् । शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए । ०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका उनी सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्दथे ।

त्यसपछि २०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि राजतन्त्र विरुद्धमा वकालत गर्दै राजनीतिमा उदाएका थिए ।

शर्मा स्कुल पढ्दाताका ०४३ सालमा सदरमुकाम पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएर काम गरेपछि उनी राजनीतिमा बिस्तारै आफ्नो प्रभाव बढाउँदै गए । ०४६ मा आएर उनले मोटो मसालको पार्टी सदस्यता प्राप्त गरे । त्यो बेलामा सबैले पार्टीको सदस्यता पाउन सक्ने वातावरण थिएन । ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका थिए ।

०५४ मा साबिक कर्णालीका जिल्लाहरूमा विभिन्न कमाण्डको नेतृत्व सम्हालेका शर्मा ०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे । ०६१ दैलेख झरेका उनी शान्ति प्रक्रियासम्म दैलेखमा रहेर काम गरेका थिए । शान्ति प्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे । त्यो भनेको दाङ–कञ्चनपुर राज्य ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन् ।
शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।
०७९ मा शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।