रेडियो कर्णाली आवाजमाथि आक्रमण, अनिश्चितकालिन प्रसारण बन्द

हुम्ला पुस ६ । सिमकोटमा रहेको रेडियो कर्णाली आवाज माथि मदिर ासेवन गरेको एक समुहले आक्रम गरेको छ ।

प्रसारणमा रहेको रेडियो शुक्रबार ९आज० राती ९ बजेको समयमा आक्रमण भएपछि रेडियो प्रसारण अनिश्चित कालका लागि बन्द भएको रेडियो प्रशासनले जनाएको छ ।

हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचनाटोलमा रहेको रेडियोलाई शुक्रबार राती ९ बजेको समयमा अत्याधिक मदिरा सेवन गरेर सिमकोटमै वासोवास गर्दै आएका सिमकोट गाउँपालिका १ ठेहे निवासी उज्वल भनिने बाँच बहादुर भण्डारी नेतृत्वको एक जत्थाले आकस्मिक रेडियोको समाचार कक्षमा प्रवेश गरेको रेडियोका मुख्य प्राविधिक समेत रहेका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

“नयाँपत्रिका दैनिकका हुम्ला समाचारदाता नरजङ्ग तामाङ्ग र म राती साढे ९ बजेको समाचार वुलेटिन तयार पारिरहेका थियौ ।” प्राविधिक बोहराले भने, ुसमाचार तयार पार्ने अचानक मात्तिएर आएका भण्डारीले हामीलाई अपशब्द बोल्दै हात समातेर कोठमा बाहिर फ्याँक्दै समाचार कक्षका सबै सामाग्री तोडफोड गरे ।ु उनका अनुशार रेडियो समाचार कक्षमा रहेका २ वटा ल्यापटप, १ वटा डेक्सटप कम्प्युटर, १ प्रीन्टर, १ फोटोकपी मेसिन र कुर्चि, टेवल सबै तोडफोड भएका छन् ।

समाचार कक्षका सबै सामान तोडफोड गरेर प्राविधिक कक्षमा प्रवेश गर्न लागेका उनलाई प्राविधिक कक्षमा प्रवेश गर्न रोक लगाउँदा रेडियोका समाचार सहायक दाने बोहराको देव्रे हातमा चोट लागेको छ ।

निकै अपशब्द बोलेर रेडियो प्रति पुरै ध्वस्त पार्ने भन्दै गएका भण्डारीलाई रेडियोको प्राविधिक कक्ष र स्टुडियोमा प्रवेश गर्न नदिएको समाचार सहायक दाने बोहराले बताए । रेडियोमा काम गर्ने रेडियोकर्मी र रेडियो प्रति निकै आक्रामक बनेको भण्डारी किन त्यसरी रेडियो तोडफोड गर्न पुगे भन्ने बारेमा एकिन नभएको रेडियोले जनाएको छ । सामान्य अवस्थामा आप्mनो प्रसारण गरिरहेको सामाुदायिक रेडियोमा भएको आक्रमण पछि राती १० बजेपछि प्रसाराण बन्द हुने रेडियो ९ बजेदेखि नै अनिश्चितकालका लागि बन्द भएको रेडियोका स्टेशन म्यानेजर नवराज महताराले बताए ।

उनका अनुशार रेडियोमाथि आक्रमण गर्ने भण्डारीलाई हुम्ला जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातीको समयमा प्रसारणमा रहेको रेडियो र आप्mनै सुरमा समाचार लेखन तथा कार्यक्रम उत्पादनमा लागेका रेडियोकर्मी माथिको सांघातिक आक्रमण सिंगो सञ्चार जगत र आम नागरिकमाथि भएको ठहर गरेको रेडियो प्रशासनले रेडियोमा आक्रमण गर्ने भण्डारी र त्यस कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गरी घाइते पत्रकारको निशुल्क उपचार, रेडियोमा भएको भौतिक क्षतीको क्षतीपुर्ति भराई रेडियोको नियमित प्रसारण हुने अवस्थाको सृजना गर्न सरकारसँग माग गरेको छ ।