विष सेवन गरि हुम्लामा एक किशाेरीकाे मृत्यु

हुम्ला,२६ बैशाख ।विष सेवन गरि हुम्लामा एक किशाेरीकाे मृत्यु भएकाे छ।

सिमकाेट गाउँपालिका – ७ कि १८ वर्षिय साेविका शाहीको विष सेवनबाट मृत्यु भएकाे हाे ।
आइतबार राती २ बजे विष सेवन  गरेकी शाहीकाे जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला अस्पातल हुम्लाकी सिनियर अनमी सरिता बाेहराले जानकारी दिईन ।

घटनाकाे कारण नखुलेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। किशाेरीकाे शव जिल्ला अस्पताल हुम्लाबाट सिमकाेट गाउँपालिका- ७ डाडाँफया आफ्नै गाउँ लगिएको छ।