कालिकोटको नरहरिनाथमा शैक्षिक सामाग्री बितरण

कालिकोट,१५ माघ । कालिकोटको नरहरीनाथ गाउँपालिकामा शैक्षिक सामाग्री बितरण गरिएको छ।
पालिकामा रहेका अति विपन्न ८० बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अति विपन्न बालबालिकाहरु लाई झोला सहित शैक्षिक सामाग्री र अन्य गाउँपालिका भित्रका ८० बालबालिकाहरुलाई समाग्री प्रदान गरिएको छ । शैक्षिक समाग्रीको अभावमा समस्या हुन नदिने उद्येश्य लिएर प्लान नेपाल संगको साझेदारीमा किर्डाक नेपालले उक्त सामाग्री वितरण गरेको हो । शनिबार एक कार्यक्रम विच बालबालीका सहित अभिभावकलाई झोला, कापि, कलम, डट्पेन, ज्यामीति लगायत सामाग्री हस्तान्तरण गरिएको हो ।


बालबालीकालाई वर्षभरी पुग्ने गरेर शैक्षिक समाग्री वितरण गरिएको किर्डाक नेपालका परियोजना संयोजक पदम हमाल ले जानकारी दिए ।
प्लान र किर्डाकले बितरण गरेको शैक्षिक सामाग्रीले बालबालिकालाई पठन-पाठनमा सहयोगकका साथै आफ्नो आर्थिक भार कम हुने भन्दै अभिभावकले संस्था लाई धन्यवाद दिएका छन् ।