यातायातमा ५० प्रतिशत छुट माग गर्दै ध्यानाकर्षण

जुम्ला,८ साउन । जुम्लामा सार्बजनिक यातायातमा छुटको लागू गर्न ध्यानाकर्षण गराएको छ ।

अखिल नेपाल रास्टिय स्वतन्त्र विध्यार्थी युनियन जुम्ला जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको हो ।ध्यानाकर्षण पत्रमा नेपाल सरकारले बिध्यार्थीलाई यातायात भाडामा सहुलियत स्वरुप ५० प्रतिशत छुट दियता पनि जुम्लामा त्यो नियम्ब्लागु नहुनु दुखद रहेको बताइएको छ ।

पत्रामा भनिएको छ “अन्य ठाउंमा ब्यबहारिक रुपमा भाडा छुट कार्यान्वयन भैरहेको र जुम्ला जिल्लामा पनि तुरुन्त लागू गराउन सम्बन्धित सरोकारवालालाइ ध्यानाकर्षण गराउन चाहन्छौं ।”

सार्बजनिक यातायातमा भाडा छुट नगरिय अनेरास्वबियु कडा कदम चाल्न बाध्य हुने नेता लोकेन्द्र बुढाले बताए । बुढाले आन्दोलनको रुप सधैं एउटै नहुने भन्दै अब निकट भविष्यमा यातायात भाडादरमा आम विद्यार्थिहरुमा ५० प्रतिशत छुट सहित आरक्षण सिट वृद्ध , अपांग , महिला र भाडा समायोजन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराउदै सोमबार प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको र
छलफलको बाताबरण बनाई उत्पन्न समस्याको समाधान निकाल्ने निष्कर्ष निकालेको बताए ।

अनेरा स्वबियु जुम्ला इन्चार्ज बिराज भण्डारी हस्ताक्षरित ध्यानाकर्षण पत्रमा राज्यले नै निर्धारण गरेको सहुलियत भविस्यका कणधार मानिने बिर्ध्यार्थिनै बंचित भए अन्य बर्गको हालत के होला भनेर बेलैमा सोच्न आग्रह गरिएको छ ।