सुत्केरी आमाकाे स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घरदैलो पुग्छन !

हुम्ला– पछिल्ला समय हुम्लाका स्वास्थयकर्मी सुत्केरी भएका महिलाहरुको घरदैलो भटघाट गर्न जान थालेका छन् ।

सुत्केरी भएका आमाहरुको स्वास्थ्य अवस्था बुझन घरदैलो जान थालेपछि स्वाथ्य प्रभावकारी बन्दै गएको हो ।

स्वास्थ्य संस्थाबाट सुत्केरी भएका ४२ दिनको अवधि भित्र चारपटक सम्म सुत्केरी आमाहरुको स्वास्थ्य चेकजाँच गदैँ आएको ठेहे स्वास्थ्यचौकी इनचार्ज दानबहादुर बोहराले जानकारी दिए ।

सुत्केरी भएको २४ घण्टामा सम्म स्वास्थ्यकर्मीहरुको निगरानी गर्ने गरेको र तीन दिनपछि एक हप्ता र ४२ दिनमा स्वास्थ्यकर्मीहरु सुत्केरी आमाहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्न गरेको इन्चार्ज बोहराले बताए ।

कर्णाली रैबारसँग इन्चार्ज बोहराले यो आर्र्थिक वर्षको साउन महिनादेखि ठेहे स्वास्थ्यचौकीमा १० जना सुत्केरी महिलाहरु सुत्केरी भएको र स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य अवस्था चेकजाँच गरेको बताए ।

गत वर्ष ठेहे स्वास्थ्यचौकीमा ३६ जना सुत्केरी महिलाहरुले स्वास्थ्यचौकीमा सुत्केरी गराएको इन्चार्ज बोहराको भनाई छ ।

यस आर्थि वर्षमा ३९ जना स्वास्थ्यचौकी सुत्केरी गराउन लक्ष्य रहेको उनले कर्णाली रैबारसँग भने ।

दुर्गम क्षेत्रमा पछिल्ला समय चेतना स्तर वृद्धि गराउन ठेहे स्वास्थ्यचौकी लागि परको उनले बताए । सुत्केरी आमाकाे स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घरदैलो जान थालेका छन ।