सिमकोट गाउँपालिकाले पुरायो औषधी र उपकरण, अन्य गाउँपालिका भने निर्णयमा सिमित ।

नन्द  सिहं
हुम्ला जनताहरुलाई कोरोनाबाट बचाउने उदेश्यकासाथ सिमकोट गाउँपालिकाले चैत २४ गते ओषधि र उपकरण समेत उपलव्ध गराएको छ ।

विश्व भरिनै माहामारिको रुपमा फैलिएको कोभिड १९ को सञ्त्रासले गर्दा हुम्लाका अन्य गाउँपालिकाले आफै औषधि उपलव्ध गराउने भनिएता पनि निर्णयमा मात्र सिमित रहेका छन् । तर हालै मात्र निर्णय गरि सिमकोट गाउँपालिकाले भने १४ लाख ५० हजार वरावरको औषधि र उपकरण खरिद गरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी गराउनु भएको छ ।

उहँका अनुसार नियमित तर्फको अन्तिम चौमासिकको ४ लाख ५० हजार र कोरोना विपत व्यवस्थापन कोषको १० लाख रुपियाँको औषधि जिल्लामा आई पुगेको बताउँनु हुन्छ । त्यस्तै सिमकोट गाउँपालिकाका आठ वटै वाडाहरुमा रहेका स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य केन्द्र र सामाुदायीक स्वास्थ्य इकाई केन्द्र लगायतकालाई पुरा पुग्ने गरेर औषधि मगाइएको अधिकृत दर्जीको भनाई छ ।

गाउँपालिकाहरुसंग औषधी नभएको र प्रदेश सरककारबाट उपलब्ध नभएपछि सिमकोट गाउँपालिकाले केही दिन अगाडी आफै औषधी तथा उपकरणहरु खरिद गर्ने निर्णय गरे अनुसार नेपालगंजबाट खरिद गरिएका औषधीहरु सिमकोट आई पुगेको सिमकोट गाउँपाकिलाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो ।

सिमकोट आई पुगेको औषधीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने र संभाबित कोरोना संक्रमणको लक्षण बिरुद्धका तीस प्याकेट औषधी तथा उपकरण आई पुगेका छन् । त्यो संगै सेनिटाईजर, सर्जिकल मास्क, ग्लोब लगाएतका स्वास्थ्यकर्मीका लागि आबश्यक सामानहरु पनि आई पुगेका हुन । नेपालगंज नपाइएको र सुर्खेतमा अर्डर गरिएका पिपिई र १५ थान थर्मोगन चैत २५ गते भित्र आई पुग्ने अध्यक्ष लामाको भनाई छ ।

जिल्लामा महासंकट परि रहेको वेला अब औषधी पुग्यो,  निक्कै राहतको महशुस भएको गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहराले बताउनु भएको छ । आएका औषधी, पालिकाका सबै स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र र सामुदायीक स्वास्थ्य केन्द्रलाई तत्कालै हस्तान्तरण गरिने छ ।

अहिलेको महामारी बिरुद्ध औषधी तथा उपकरण खरिद गरेर पालिकामा ल्याउन हुम्लाको पहिलो गाउँपालिका सिमकोट भएको छ ।  औषधी र उपकरण आएपछि स्वास्थ्यकर्मीलाई पनि सहज भएको छ । यस अघि बिना उपकरण स्वास्थ्य चौकीमा उपचार गर्न स्वास्थ्यकर्मी बाध्य थिए ।