रामचन्द्र पौडेल देउवाका प्रस्तावक

काठ्मडौ, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाका प्रस्तावक रामचन्द्र पौडेल बनेका छन ।

सभापति देउवालाई संसदीय दलको नेताका लागि कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका हुन  । देउवाका समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

मनोनयनपत्रमा उनीहरूको हस्ताक्षर भएको छ । अब केही बेरमा देउवाको उमेदवारी दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।