कैदीले हाले सुरक्षाकर्मीको आखाँमा च्याउच्याउको खुसार्नी धुलो

हुम्ला– जिल्ला प्रहरीको कार्यालयको हिरासतमा आज १ कैदीले सुरक्षाकर्मीको आँखामा च्याऊच्याउको खुसार्नी हालेर भाग्न खोज्ने क्रममा समातिएका छन ।

सुरक्षाकर्मी प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा खुसार्नीको धुलो हालेर कैदी भाग्न खोजेका हुन । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा थुनामा रहेका सर्केगार्ड गाउँपालिका २ रिप गाउँका रगमल भनिने गगे महतरा रहेका छन ।

सुरक्षाकर्मी खटिएका सुरक्षाकर्मीको आँखामा च्याउच्याउको धुलो खुसानी हालेर भाग्न खोज्दा तत्काल प्रहरी कार्यालयको मुल स्थल भन्दा केही दुरी अगाडीबाट जिल्ल्ला प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थुनुवा महतारालाई हात हतियार खर खजना र कर्तव्य ज्यान मुद्धामा अधियोग लागेर मंसिर हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षाका लागि थुनामा राखिएको थियो । थुनामा रहेका महतरा बिहान ४ बजेको समयमा शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासदको ढोका खोलीभित्र लिने क्रममा सुरक्षामा खटिएका प्रहरी जावन सुरेन्द्र सिहको आँखा खुसार्नीको धुलो हालेका पाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी उपरिक्षक रविन श्रेष्ठलाई बुझन खोज्दा अनुसन्धान भईरहेको जानकारी दिएका छन । अनुसन्धान गरी सत्यतथ्य घटना जानकारी गराउने प्रहरी उपरिक्षक श्रेष्ठको भनाई रहेको छ ।