कोरोना परिक्षणलाई तिव्र वनाउन मुख्यमन्त्री शाहीको निर्देशन

 

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को परिक्षणलाई तिव्र वनाउन निर्देशन गर्नु भएको छ । शनिवार मुख्यमन्त्रीशाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वसेको विपद व्यवस्थापन केन्द्रको वैठकमा वोल्दै पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरि कोरोना परिक्षणलाई तिव्रता दिन निर्देशन गर्नु भएको हो ।

मुख्य मन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरि जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुवाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तिव्रता दिन जरुरी रहेको वताउनुभयो ।

कोरोना परिक्षणका लागि आवश्यक र्यापिड टेस्ट कीट लगायतका सामाग्रिको तत्कालआपुर्ती व्यवस्था मिलाउन मुख्य मन्त्रीशाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिुनभयो ।

उहाँले संघीय सरकारवाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुन नसक्ने अवस्थामा खरिद गरेर भए पनि परिक्षणका लागिआवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्ने वताउनुभयो ।

कोरोनाको जोखिम क्षेत्र पुर्वी तराई र भारतवाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन  दिनुभयो ।

कोरोना परिक्षण तथा नियन्त्रण कार्यका लागि सम्वन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समुह निर्माण गरि परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्यकर्मी सहितको एकिकृत समुहले स्थानीयतहमा रहेकाक्वारेन्टाईन र कोरोना भाईरसको सम्भावित संक्रमितहरुमा कोरोना परिक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँचगर्ने व्यवस्था मिलाउनु पर्ने पनि मुख्यमन्त्रीको भनाई छ ।

शनिवार सम्पन्न प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमाअस्थायी वसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतका नागरिकलाई सम्वन्धित प्रदेश, जिल्ला, सुरक्षानिकाय र स्थानीयतहको समन्वयमा घर फर्कन दिने निर्णय गरेको छ ।