सिमकोट गाउँपालिको ८ सय २५ जनाको पिसीआर रिर्पोट नेगेटिभ

हुम्ला– हवाई जहाज मार्फत उद्धार गरी जिल्ला ल्याएर सिमकोट गाउँपालिका विभिन्न क्वारेन्टीनमा राखिएका ८ सय २५ जनाको पिसीआर रिर्पोट नेभगेटिभ आएको छ ।
स्वाब संकलन गरी पिसीआर परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ८ सय २५ जनाकै स्वाब रिर्पोट नेगेटिभ आएको हो ।
कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण भएको ८ सय २५ जनाकै रिर्पोट नेगेटिभ आएको कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक डाक्टर मगल रावलले जानकारी दिए ।
यस भन्दा पहिला ताजाँकोट गाउँपालिका ३ सय ९ जना र सिमकोट गाँउपालिका ८ सय २५ जना गरी १ हजार १ सय ३४ जना सबैको रिर्पोट नेगेटिभ आएको निर्देशक डाक्टर रावलले बताए ।
सिमकोट गाउँपालिकाका विभिन्न क्वारेन्टीनमा रहेका सबैको रिर्पोट आएपछि उनीहरुलाई घर पठाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक दान बहादुर बोहराले बताए । गाउँपालिका भिटिएम किट खरिद गरी स्वाब संकलन गरी जुम्ला पठाईको स्वास्थ्य संयोजक बोहराले बताए ।