भैली खेलेको सबै रकम भुकम्प पिडितलाइ सहयोग

जुम्ला, १ मंसिर । भैली खेलेर संकलन भएको सबै रकम भुकम्प पिडितलाइ सहयोग गरिएको छ ।

जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका कर्मचारिले देउसी-भैली खेलेर संकलन गरेको जम्मा ५३ हजार २ सय ९० रुपैया जाजारकोट र रुकुमका भुकम्प पिडितलाइ सहयोग गरिएको डाक्टर कमल थानिले बताए ।

उक्त रकम प्रतिस्ठानका नर्स पुस्पा रावत र सृजना शाही मार्फत भुकम्प पिडितलाइ सहयोग गरिएको थानिले बताए ।