हुम्लाका सात वटै गाउँ पालिकामा र्यापिड टेष्ट कार्य सम्पन्न, रिपोर्ट भने नेगेटिभ

राज शाही–हुम्ला जिल्लाका सात वटै गाउँ पालिकाहरुमा र्यापिड टेष्ट कार्य सम्पन्न हुदा रिपोर्ट भने नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्नेसियनको टोली पालिका पालिका पुगेर र्यापिड टेष्ट गर्ने कार्य सम्पन्न गरेको हो ।
भारत र देशका अन्य भागबाट फर्केर आएर क्वारेन्टाइन र सेल्फ क्वारेन्टाईनमा बसेका सबै गाउँपालिकाका स्वास्थ्यचौकीमा पुगेर र्यापिड टेष्ट गर्ने कार्य सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनु भएको छ । सबै गाउँपालिकामा सो परिक्षण गरिएको ब्यक्तिहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

गाउँपालिकाका बिभिन्न वडामा रहेका र यस अघि क्वारेन्टाईन अबधि पुरा गरेका उनीहरुको आरडिटी किट पुगेपछि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । हालसम्म सात वटै गाउँपालिकाको गरि १ सय ब्यक्तिको रगत परिक्षण गरिएको छ । उनीहरु सबैको संक्रमण परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहको भनाई छ ।

वैशाख ८ गते सर्केगार्ड गाउँपालिकामा दश जना र खार्पुनाथ गाउँपालिकामा १४ जनाको रगत परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । खार्पुनाथमा यसरी रगत परिक्षण गर्नेमा एक जना ११ बर्षकी बालिका पनि रहनु भको छ ।

वैशाख ७ गते चंखेली गाउँपालिकामा आठ जनाको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बबताउनु भयो । त्यसैगरि यसअघि नै सिमकोट गाउँपालिकामा २९ जना, नाम्खा गाउँपालिकामा २५ जना, चंखेलीमा छ जना र ताँजाकोटमा नौ जना परिक्षण भएको थियो । सिमकोटको क्वारेन्टाईनमा रहेका नौ जनाको स्वाब सुर्खेत पठाउदा पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो ।