बन्दाबन्दीका बिच दश प्रतिशत सस्तोमा खाद्यान्न बिक्री वितरण

राज शाही   हुम्ला– नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले बन्दाबन्दीका बिच दश प्रतिशत सस्तोमा खाद्यान्न बिक्री बितरण गरेको छ ।

नेपाल सरकारको मन्त्री परिषदको गत चैत १६ गते गरेको खाद्यान्न मुल्यमा छुटको ब्यबस्था अनुसार खाद्यान्न मुल्यमा छुट दिने निर्णय अनुसार लिमिटेडले हुम्लामा सस्तो खाद्यान्न बिक्री गरेको हो ।

लिमिटेडका हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टका अनुसार मन्त्री परिषदको निर्णय अनुसार लिमिटेडले बिक्री बितरण गर्ने सबै प्रकारका खाद्यान्नमा दश प्रतिशत छुट दिने निर्णय अनुसार गोदाम, डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री भएको जानकारी दिएका छन् ।

छुटको ब्यबस्था अनुसार खाद्यान्न भएको गाउँपालिकाका डिपो तथा बिक्री केन्द्र र सिमकोट शाखाको गोदामबाट बिक्री भएका उनले बताए । छुट मुल्यको खाद्यान्न शुत्रबार सिमकोट गाउँपालिका वडा ५ वडाध्यक्ष कृष्णबहादुर बोहराले ८३ क्वीन्टल खाद्यान्न खरिद गरेको शाखा प्रमुख विष्ठको भनाई छ ।

सरकारले बन्दाबन्दीमा सर्बसाधारणहरुलाई राहत पुगोस भन्ने हिसाबले ल्याएको प्याकेजले हुम्लीबासीलाई केही सहज भएको छ । अब सोही वडाहरुले सस्तो दरमा पाउनेछन् ।