हुम्लाको सर्केगाड र सिमकोट गाउँपालिकालाई कोरोना सहायता सामाग्री समाजिक संस्थाले दिंदै

हुम्लाको सर्केगाड र सिमकोट गाउँपालिकामा समाजिक संस्थाले सरसफाई लगायतका सामग्री स्थानिय वासिन्दालाई वितरण गर्ने भएका छन्   हाल सम्म हुम्ला जिल्लामा कोरोनाको कुनै पनि लक्षण नदेखिएको भएता पनि आगामी दिनमा यसबाट जोगिनको लागि सरसफाई लगायतका सामग्री स्थानिय वासिन्दालाई वितरण गर्न लागेका छन् ।

साे सामग्री मिसन ईष्ट नेपालको प्राविधिक सहयोगमा वितरण हुन लागेको हो । जसका लागि सर्केगाडमा महिला कल्याणा सेवा र सिमकोटमा हिमाली शिक्षा र विकास नामक गैरसरकारी संस्थाले पालिकाका सम्पुर्ण वडाका वासिन्दालाई वितरण गर्न लागेका छन् । संस्थाहरूले  प्रत्येक घर धुरी लाई ६ नुहाउने साबुन २ वटा लुगाधुने साबुन १ सोकेष र १ प्रति आई.सि सामाग्री वितरण गर्ने भएका छन् ।

यसका साथै सिमकोट जिल्ला स्वास्थ्य कार्यालय र सर्केगाडका ११ वटा स्वास्थ्य कार्यालयमा  मास्क , ग्लोभ्स , स्यानिटाईजर, बाल्टी,  ईन्फ्राईड थर्मोमिटर लगायताका सामग्री सहयाेग गर्ने भएका छन् । सो वितरण कार्य किर्डाक र महिला कल्याण सेवा, हेड नेपालको सहकार्यमा हुन लागेको कुरा महिला कल्याण सेवाका कार्यक्रम व्यावस्थापक प्रेम बहादुर बुढाले जानकारी दिएका छन् । सामान वितरण हुम्लाका २ गाउँपालिका का ५१८० घरधुरी लाई गर्ने योजना रहेको जानकारी बुढाले  दिएका छन् । जसमा सर्केगाडको २१८० र सिमकोटका ३००० घरमा  गर्ने योजना रहेको बताए ।

सिमकोट गाउँपालिकाका ३००० घरधुरीमा १२०० घर हेड,नेपाल, बाँकी रहेका १८०० घरमा सिमकोट गाउँपालिका र सर्केगाडका सबै घरधुरीमा महिला कल्याणलको नेतृत्वमा वितरण गर्ने कुरा हेड, नेपालका कार्यक्रम निर्देशक छितुप लामाले जानकारी दिएका छन् । लामाले भने भौगोलिक कठिनाई भएकोले ढुवानीमा केही समस्या भएपनि विभिन्न सरोकारवाला संगको सान्वयमा संस्थाले नेपालगञ्जबाट हवाईजहाजबाट र सिमकोटबाट स्थानिय लाइ हस्तान्तरण गर्न खच्चडको माध्यमबाट ढुवानी गर्ने कुरा जानकारी दिए ।

सबै सामग्री  सिमकोट र सर्केगाडमा पुगि सकेकाे र सो प्याकिङ्ग पश्चात एक दुइ दिनमा स्थानिय तह संगको समन्वयमा प्रत्येक घरधुरीमा बितरण हुने भएको छ । सामग्री वितरणका लागि घरधुरी तथ्यांक प्रमाणित गर्ने काम भैरहेको छ । प्रमाणित पछि सामग्री वितरणका लागि सिमकोटमा १४ र सर्केगाडमा २१ कर्मचारी र संसेवक परिचालन हुने  लामाले जानकारी दिएका छन् ।