सर्केगाड गाउपालिकाको हिउदे अधिबेसन सम्पन्न ।

रतन बहादुर रावत
हुम्ला- सर्केगाड गाउपालिकाको ११ औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ । बिहिबार गाउँपालिकाको आयोजनामा हिउँदे गाउँसभा सम्पन्न भएको हो । उक्त गाउँसभामा ८९ वटा ऐन नियम नियमावलि तथा कार्यबिधि सर्बसम्मत पारित गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताउनु भएको छ ।
जसमा सर्केगाड गाउँपालिकाको कार्य सन्चालन निर्देशिका, समिति गठन र सन्चालन सम्वनिध कार्य विधि, सर्केगाड गाउँ कार्यपालिकाको बैठक सन्चालन सम्वन्धि कार्य विधि, बाल अधिकार सुंरक्षण तथा पर्वधन सम्वन्धि कार्यविधि, सर्केगाड गाउँपालिकाको उपभोक्ता समिमिति गठन परिचालन तथा व्यवस्थापन सम्वन्धि कार्य विधि, सर्केगाड गाउँपालिका सामाजिक समावेशि करण निति, सर्केगाड गाउँपालिका विपत व्यवस्थापन कोष सन्चालन कार्यविधि, एकिकृत सम्पति कर व्यवस्थापन कार्यविधि, आकासमिक कोष सन्चालन तथा व्यवस्थापन कार्यत्रविधि, सर्केगाड गाउँपालिकाको सन्चालित कोषको आन्तरिक लेखा परिक्षण सम्वन्धि कार्यविधि, सर्केगाड गाउँपालिकाको आपतकालीन कार्य सन्चालन केन्द्र, सर्केगाड गाएपालिकाको आर्थिक कार्य विधि, नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन, गरिवि निवारणका लागि लघु उद्धम विकास कार्यक्रम नेटपा सन्चालन कार्यविधि, सर्केगाड गाउँपालिकाको घर वाहल कर व्यवस्थपन कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन कार्य विधि, न्ययिक समितिले उजुरीको कार्वाहि किनारा गर्दा उपनाउनु पर्ने कार्य विधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेक २०७९, सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकिय कार्य विधि नियमित गर्ने ऐन २०७९, सर्केगाड गाउँपालिका मेलमिलाप केन्द्र सन्चालन सम्वन्धि कार्य विधि २०७९, सर्केगाड गाउँपालिकाको योजना प्रक्रियामा युवा सहभागिता सम्वन्धि कार्यविधि २०७९, बाताबरणिय मैत्रि स्थानीय शासन प्रारुप २०७९, सर्केगाड गाउँपालिकाको गाउँ प्रहरी सन्चालन तथा व्यवस्था पन कार्यविधि, असाह असक्त गरिव तथा विपन्न वर्गका लागि निशुल्क स्वास्थ्य विमा गर्ने सम्वन्धि कार्यविधि २०७९, सर्केगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ लगायतका ८९ वटा कार्य विधि तथा ऐन नियमावली पारित भएको उपाध्यक्ष कार्कीले बताउनु भयो ।
उहाँका अनुसार प्रशासन भवनका लागि डिपिआर २० लाख, खेलकुद रंगशाला डिपिआर निर्माणका लागि २० लाख, खाने पानी तथा जलस्रोतका लागि ४२ लाख, ग्युसी विद्यालय निर्माणका लागि १२ लाख, पुनि स्मृती प्रतिक्षालय निर्माणका लागि २ लाख ५० हजार, बाल विकास सहजकर्ता पारिश्रमिक रु १५ सय का दरले १४ लाख, सोयम्भु आधारभूत विद्यालयलका लागि १० लाख, सलीसल्लादेखि तुम्च कुनासम्म ग्रामिण सडक मर्मत ३८ लाख, सर्केगाडदेखि सेल्तडी ग्रामिण सडक मर्मतका लागि ८ लाख र गाउँपालिकाको प्रशाकीय भवन घेरबारका लागि ३० लाख रकम गरेर २ करोड रुपैयाँ बजेट विनियोजित गरेको उपाध्यक्ष कार्कीको भनाई छ ।
विहान १० बजे देखि सन्चालन भएको कार्यक्रमको अध्यक्षता सर्केगाड गाउपालिका अध्यक्ष ठान बहादुर रोकायाको तथा जिल्ला समन्वय समितिका सदस्य सिंग सिंहको प्रमुख आतिथ्यमा तथा ८ वटै वडाका वडाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र गाउपालिकाका कर्मचारीहरुको ८९ वटा ऐन नियम नियमावलि तथा कार्यबिधि पारित गरेको हो ।