प्राबिको शिक्षकले निमाबि तहलाइ पढाउछ्न हुम्लामा

हुम्ला,१ ,पौष । उत्तरी नाम्खा गाउँपालिका ५ को एक सामुदायिक विद्यालयमा विद्यार्थी छन् तर शिक्षकको दरबन्दी अभाव  छ। नाम्खा गाउँपालिका ५ को खासरपानी आधारभूत विद्यालय मुचुमा शिक्षकको दरबन्दी अभाव देखिएको हो।

गाउँपालिकाले निम्न माध्यमिक तहको दरबन्दी नदिएपछि प्राथमिक तहका दरबन्दीवाला शिक्षकले धानेका छन्। कक्षा १ देखि ८ सम्म पढाइ हुने खासरपानी आधारभूत विद्यालय मुचुमा दुईजना प्राविका शिक्षकका भरमा विद्यालय चलेको पाइएको छ।

निम्न माध्यमिक तहको शिक्षक नभएपछि प्राविका सरहरूले पढाउनुहुन्छ। खासरपानी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत जुनमाया बुढाले बताइन्। पालो कुनुपर्छ निमाविका सरहरू छैनन्, प्राविका हेड सरले चार चार विषय एक्लै पढाउनुहुन्छ बुढाले भनिन्।
विद्यालयमा सरहरू नभएपछि कक्षा ६, ७, ८ का विद्यार्थी सँगै राखेर पढनुपरेको कक्षा ८ मा अध्ययनरत सुनाम छिङ्डुन तामाङको गुनासो छ। क्लास खाली हुने भएपछि सधैँभरि सरले हामीलाई एकै ठाउँमा राखेर पढाउनुहुन्छ, हामीलाई बुझ्न गाह्रो हुन्छ, तामाङको भनाइ छ।    विद्यालयका प्रधानाध्यापक हर्कबहादुर बोहराका अनुसार निम्न माध्यमिक तहको दरबन्दी अहिलेसम्म खाली रहेको उनले बताए। प्राविको दरबन्दीअनुसार छैन, दुईजना प्राविका शिक्षकहरूले कक्षा ८ सम्म धानेका छौँ, उनको गुनासो उस्तै छ।