रक्तश्राव भएकी महिलाको हेलिकोप्टरबाट उद्धार

हुम्ला । उच्च रक्तश्रावले नौं दिनदेखि थलिएकी ताजाँकोट गाउँपालिका ४ पाड्नीवाडाकी ३५ वर्षीया रिठु जैसीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकी जैसीको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा उद्धार भएको मैला स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट कमल ढकालले जानकारी दिए । ६ दिन अघि उपचारको लागि स्वास्थ्यौकी आएकी जैसी घरको कमजोर आर्थिक अवस्थाले सुविधासम्पन्न स्वास्थ्य संस्था लिन नसकेपछि घर फर्किएकी थिइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा जैसीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् । उनका अनुसार बिहीबार मात्रै ताजाँकोटबाट सूचना प्राप्त भएपछि शुक्रबार २ बजे उनको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएका हो ।