हुम्ला — कारागारलाई किताब अभियान उप समितिले कारागारमा रहेका कैदी बन्दीका लागी कारागारमा पुस्तकालय स्थापना गरेको छ । कारागारमा रहेका कैदी बन्दीलाई फुर्सतको समय सदुपयोग गरि अध्ययन गरी ज्ञान अर्जन सहजता बनाउन र सकरात्मक परिवर्त गराउन सकियोसभन्ने उदेश्यले कारागारमा पुस्तकालय स्थापना गरिएको हो ।
कारागार व्यवस्थापन विभागले तयार पारेको निर्देशिका अनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहाको अध्यक्षतामा गठन भएको कर्णली प्रदेश कारागारलाइ किताब अभियान मुल समितिले प्रदेशका १० जिल्ला मध्यहुम्ला र मुगु बाहेक अन्य जिल्लामा यस भन्दा पहिलेनै पुस्तकालय स्थापना भैसकेको कारागारलाइ किताब अभियान उप समितिका संयंोजक एवं प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो । घर्तिमगरका अनुसार यि दुइ जिल्लामा कारागार भवन नभएकाले ढिलाइ भए पनि शनिबार दुबै जिल्लामा पुस्ताकालय स्थापना भएका छन् ।
स्थापना भएको पूतकालयको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले उद्याटन गरे । नव निमार्ण भैरहेको कारागार भवनमा पुस्तकालय स्थापना गरिएको छ । २०७२ सालका सम्बिधानमा समानताको प्रत्याभूतीको व्यवस्था गरिएकाले कैदी बन्दीलाइ पनि समनताका प्रत्यभाूती गराइ मानविय व्यवहार होस र स्व अध्ययनका लागी समाग्री पुगोस भनेर कारागारमा पुस्तकालय स्थापना गरिएको अधिकारी ढकालले बताउनुभयो ।
पुस्ताकालय उद्याटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख सिमकोट गाउ‘पालिकाका अध्यक्ष सहित वडा अध्यक्ष लेखक सरोकार निकायका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थिती थियो । कार्यक्रममा विभिन्न साहित्य कर्मीले पुस्तकालयका लागी पुस्तक प्रदान गरे ।
भवन नहुदा प्रहरीको खोर बन्दी बस्न बाध्य
थुनामा रहेका बन्दी राख्ने कारागार भवन नहुदा अदालतको आदेशले थुनामा रहेका बन्दीलाइ प्रहरी हिरासतमा राख्ने गरिएको छ । पुरानो कारागार भत्की सकेको र नयॉ भवन निर्माणका लागी टेण्डरको प्रकृयामा गएकाले बन्दी राख्ने भवन नहुदा प्रहरी अदालतको आदेशले थुनामा रहेका बन्दीलाइ हिरासद खोरमा राख्ने गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरीहर खड्रकाका अनुसार बन्दी राख्ने कारागार भवन नभएकाले जिल्ला अदालतको आदेशले थुनामा रहेका बन्दीलाइ जिल्ला प्रहरी कार्यालयको खोरमा राख्ने गरिएको छ । महिला र पुरुष राख्ने दुइवटा कोठा भएकाले अनुसन्धानका लागी राखिने थुनुवालाइएउटा कोठामा र अदालतको आदेस बन्दी भएकालाइ अर्काे कोठामा राख्ने गरिएको छ । यतीखेर अदालतको आदेशले थुनामा रहेका एक जना मात्र छन् ।
दुइ वटा कोठा भएकाले महिला नहुदा सहज हुने भए पनि महिला बन्दी आएमा समस्या हुने खड्काले वताए । आदलतको आदेशले बन्दी बनाएका बढी भएमा कार्यालयले बॉके कारागारमा पठाउने गरेको छ । हालै मात्र दुइ जना बन्दी बॉके कारागारमा पठाएको सूचना अधिकारी खड्रकाले जानकारी दिए ।
कार्यालयका अनुसार कारागार कार्यालय सञ्चालनका लागी भवन बनी रहेको र बन्दी रख्ने भवनका लागी टेण्डर भैरहेको छ । टेण्डर प्रकृया पुरा भए पछि निर्माण सुरु हुने छ । प्रहरी खोरमा बन्दी राख्नु पर्दा बन्दीले पाउने न्यूनतम सुबिधामा फरक पर्ने गरेको छ । सामान्यत सौचालय प्रयोग, घाम ताप्नु पर्दा र नुहाउन समेत समस्या हुने गरेका हुन् ।
नरजन तामाङ । २३ चैत्र २०७५, शनिबार १३:४८